३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानबिन गर्नुपर्छ: सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरू ग्राउण्डेड गर्नुले आशङ्का उब्जिएको बताए। उनले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन छानबिन गर्नुपर्ने बताए । एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर निजी कम्पनीलाई मौका दिइएको हुनसक्ने उनको भनाई छ ।

उनले भने, ‘आफ्ना जहाजहरू ग्राउण्डेड गरेर राख्ने । अर्कोतिर मौका प¥यो भने जहाज खरिद गरिरहनुपर्ने । यो प्रक्रिया गलत हो । यो ग्राउण्डेड भएको बारेमा धेरै शंका, उपशंका भइरहेका छन् । त्यसमा सत्य तथ्य छानबिन गर्नु जरुरी छ । बाहिर यस्ता पनि कुरा आएका छन्, आफ्ना जहाजलाई आवश्यकताभन्दा बढी ग्राउण्डेड गराउने र निजीलाई मौका दिने खालका व्यवहार हुनसक्छ भन्ने कुरामा आशङ्का गरिएको अवस्थामा छ । यो विषयमा छानबिन गर्नु जरुरी छ ।’

सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै बक्यौता रकम उठाउनुपर्ने पनि बताए । 

प्रकाशित: १८ भाद्र २०८१ १९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App