३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नेविसंघको १२ औं महाधिवेशन चैतमा गर्नेगरी कार्यतालिका प्रस्ताव

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा आफ्नो १२ औं महाधिवेशन गर्ने भन्दै कार्यतालिका प्रस्ताव गरेको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै त्यसै पत्रमार्फत १२ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् ।  

प्रस्तावित कार्यतालिका अनुसार २०८१ चैत १३, १४ र १५ गते १२ औं केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ । जसका लागि आगामी असोजदेखि नै महाधिवेशनकेन्द्रीत कार्यक्रम थाल्ने कार्यतालिकामा उल्लेख छ ।

जसमा असोज १ देखि कात्तिक २९ गतेसम्म महाधिवेशनको अंगका रूपमा ‘सुझाव संकलन’ गर्ने, मंसिर ९ गते अधिवेशन प्रतिनिधि चयन र प्रतिनिधिको सूची प्रकाशन, मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म बृहत सदस्यता वितरण, पुस २० गते माध्यामिक विद्यालय अधिवेशन९सभा०, पुस २३ गते स्थानीय तह९गाउँ÷नगर० अधिवेशन, पुस २६ गते क्याम्पस अधिवेशन, माघ १५ गते सिटिइभिटी अन्तर्गतका क्याम्पसको अधिवेशन, माघ १९ र २० गते ७७ वटै जिल्ला अधिवेशन, माघ २३ गते सिटिइभिटी अधिवेशन, माघ २६ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालय अधिवेशन, माघ ३० गते प्रदेश अधिवेशन, फागुन १ देखि २५ गतेसम्म स्ववियू निर्वाचन र चैतमा केन्द्रीय महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

 

प्रकाशित: १६ भाद्र २०८१ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App