२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

महिलाहरु पहिले जस्तो कमजोर छैनन्, हरेक क्षेत्रमा सशक्त बन्दै छन्: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले पछिल्लो समय महिलाहरु हरेक क्षेत्रमा सशक्त बन्दै गएको दाबी गरेकी छन्।

आठ मार्च सशक्तिकरण अभियानले काठमाडौंमा मंगलबार गरेको कार्यक्रममा बोल्दै उपसभामुखले महिलालाई पहिलेको जस्तो कमजोर रुपमा नलिन आग्रह गरिन्।

‘महिलाहरु पहिले जस्तो कमजोर छैनन्, हरेक क्षेत्रमा सशक्त बन्दै गएका छन्’ उनले भनिन्, ‘महिलाहरुमा थप जागरण पैदा गर्न, आफ्ना हक अधिकारप्रति सचेत गराउन र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउन लैङ्गिक समानता, महिलाका हक अधिकार, स्वतन्त्रताका आवाज उठाउन छाड्नु हुँदैन।’

महिलाको सशक्तिकरण, सहअस्तित्व र नेतृत्व तहमा प्रतिनिधित्वका लागि आवाज उठाउने अभियानहरुलाई अझै प्रभावकारी बनाउन पनि उनको आग्रह थियो। लैङ्गिक विभेदमुक्त समाज निर्माणका पक्षमा पनि अभियानहरु सञ्चालन गर्नुपर्ने समय आएको उपसभामुख रानाको धारणा थियो।

उपसभामुख रानाले चुलोचौकोमा सीमित महिलाले सामाजिक चुनौतीलाई पनि ह्याण्डिल गर्दै गएको बताउँदै आफू पनि चुनौती पार गरेरै जेलका बच्चाको हेरचाहमा लागेको उल्लेख गरिन्।

उनले भनिन्, ‘गाउँघरमा घाँस दाउरामा बस्ने महिला हिमालमा पुगिसकेका छन।’

प्रकाशित: ११ भाद्र २०८१ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App