२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन: भाषण होइन काम गर्नुस्

संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई  काममा बढी ध्यान दिन निर्देशन दिएको छ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो। 

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरिन। उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानुन जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन। 

उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन। उनले संसदीय समितिहरूको पनि कानुन बनाउने तर कार्यान्वयन भए÷नभएको निगरानी नगर्ने कमजोरी रहेको बताइन।

उनले सरकारले कृषिमा आधारित उद्योगहरू बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरिन। 

प्रकाशित: ११ भाद्र २०८१ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App