३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीमा १८ पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि दुई बजेपछि मतदान

नेकपा (एकीकृत समाजवादी) ले १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्ष (महिला)मा २, उपाध्यक्ष (मधेशी समुदाय)मा २ र खुला उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ । यस्तै उपमहासचिवमा २०, सचिव (दलित समुदाय)मा ३, सचिव (आदिवासी जनजाती समुदाय)मा ३ र खुला सचिवमा २७ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारीका विभिन्न पदमा ६९ र पोलिट्ब्युरोका लागि २०४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि मंगलबार मतदान हुँदैछ।

बिहान मनोनय दर्ता गरेकोहरुको प्रारम्भिक सूची निर्वाचन समितिले दिउँसो सार्वजनिक गरेको हो। दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि अपराह्न २ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान लगत्तैबाट गणना सुरु गर्ने तयारी सो पार्टीको छ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्। अर्का उम्मेद्वार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध चयन भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा भने हुन बाँकी छ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ। केन्द्रीय कमिटी सदस्यले मात्रै मतदान गर्न पाउनेछन्। केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन्। 

प्रकाशित: ११ भाद्र २०८१ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App