२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेतालाई बालेनकाे चेतावनी: अदालतको आदेशलाई महानगरकाे निर्णय भन्दै भ्रम नछर्नु

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले अदालतको आदेशमै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र तोकेको र त्यसलाई महानगरको निर्णय भनी भ्रम नफैलाउन भनेका हुन्।

'सर्वोच्च अदालतको आदेश आए पछि हामी  काठमाडौँ महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन', उनले लेखेका छन्, 'अदालतको आदेश अनुसार  जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ।अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछर्नु होला।'

प्रकाशित: १० भाद्र २०८१ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App