२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’

राष्ट्रिय स्वतन्त्र पार्टीको स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा (भदौ ८ गते, शनिवार) दिउँसो १ बजे हुने कार्यक्रममार्फत विभागले अभियान घोषणा गर्न लागेको हो।  

स्वदेशी उत्पादन प्रवद्र्धनमा सहयोग र त्यसका लागि आवश्यक नीति र कानून तर्जुमामा दबाब दिने उद्देश्यका साथ अभियान घोषणा गर्न लागिएको रास्वपाले जनाएको छ। साँझ ५ बजेसम्म चल्ने अभियान शुभारम्भ कार्यक्रममा करिब ३० थरी नेपाली उत्पादन प्रदर्शन, भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यवद्धताका लागि हस्ताक्षर संकलन र विभिन्न ५ वटा विषयमा ‘नीति मन्थन’ गरिने छ। 

प्रकाशित: ७ भाद्र २०८१ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App