६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आज पाँच वटा संसदीय समितिको बैठक बस्न लागेको छ। प्रतिनिधि सभातर्फका ३ वटा र राष्ट्रिय सभातर्फका दुईवटा समितिको बैठक आज बस्न लागेको हो।

सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो साढे १ बजे बस्ने छ। बैठकमा समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने बताइएको छ।

यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यस्को प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: ५ भाद्र २०८१ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App