३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

टिकटकको प्रतिबन्ध हटाउने छलफलमा सरकार

नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार जुटेको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार जुटेको हो।

सचिवालय स्रोतले भन्यो, 'टिकटकमा अराजकता उतिकै छ। तर सबै ठाउँबाट खोल्नका लागि आवाज उठिरहेको छ। टिकटक खोलेपछि कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेकाे छ।'

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: ४ भाद्र २०८१ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App