१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

जनताको गुनासो सुन्न कोशीमा ‘हेल्लो सिएम’

जनताका गुनासो सुन्न कोशी प्रदेशमा हेल्लो सिएम सुरू गरिएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन्। 

गुनासो व्यवस्थापनको लागि भन्दै कक्ष राखी २४ सै घण्टा जनताको गुनासो सुन्न सकिने व्यवस्था गरिएको छ। प्रदेश सुशासन ऐन २०७६ अनुसार  हेल्लो सिएम सुरु गरिएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधार गर्दै  सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण हुने बताए। सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशनसमेत दिए।

जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे। प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि शासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताए।

कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ। 

प्रकाशित: ३१ श्रावण २०८१ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App