राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिपक्षले संसदमा भ्रष्टाचारको मुद्दा उठाउँदा सभामुखले आफ्नो रवैया नदेखाउन आग्रह गरे।
मंगलबार प्रतिनिधि सभामा बोल्दाबोल्दै सभामुखले माइक काटिदिएपछि ढकालले सो कुरा बताएका हुन्।
उनले भने, 'भ्रष्टाचारसँग सम्बन्धित कुराहरु संसदमा प्रवेश गराउँदा सम्माननीय सभामुख महोदय बाँकी का दिनहरूमा प्रतिपक्षले उठाउन लागेका सुशासनका मुद्दा र भ्रष्ट्राचार मुद्दाहरूमा यो खालको रवैया नदेखाइयोस्। प्रतिपक्ष कमजोर छैन।'
प्रकाशित: २९ श्रावण २०८१ १४:०७ मंगलबार