४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदको वरीयातामा पाण्डेको बढुवा, पौडेल परे घटुवामा

वर्तमान मन्त्रिपरिषद्मा वरीयाता हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन्।

उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ। कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ।  

यसअघि १४औं स्थानमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन्।  पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रकाशित: २४ श्रावण २०८१ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App