२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

बंगलादेश घटनाबारे प्रचण्ड: बहुमतको आडमा पेल्न खोज्छु भन्ने ठान्नु दुर्भाग्य

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहाल। तस्बिर: चुमन बस्नेत/नागरिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘बहुमतको आडमा जे गर्दा पनि हुन्छ’ भन्ने धारणा दुर्भाग्यपूर्ण हुने बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले ‘बंगलादेशको घटनाले बहुमतको दुरुपयोग गर्दा कस्तो परिणाम ल्याउन सक्छ भन्ने कुरा नेपाली शासकहरूले पनि बुझ्नुपर्ने बताएका हुन्।

दाहालले भने, 'बहुमतको आडमा पेल्न सक्छु भन्ने ठान्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ।'

उनले तथाकथित उद्योगीहरूलाई राज्यको अरबौं रुपैयाँ सम्पत्ति छुट दिने दुस्साहस नगर्न सरकारलाई चेतावनी पनि दिए। 'सरकारले दलालहरूको पक्षमा र विचौलियाको पक्षमा अर्बौं सम्पत्ति छुट दिनु गलत हो,' दाहालले भने।

दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने परम्परा रहेको भन्दै आफूहरूले पनि लेखा समितिको सभापति माग गरेको बताए।

उनले संविधान संसोधनको पक्षमा माओवादी रहेको र अझ बढी समानुपातिक र समावेशी संविधान बनाउनुपर्ने अडान माओवादीले संविधान निर्माणदेखि नै राख्दै आएको सुनाए।

'संविधान संसोधन गर्दा समावेशीता र समानुपातिक अधिकार कटौती गर्न खोजिए हामी सडकमा गएर प्रतिवाद गर्न बाध्य हुनेछौं,' दाहालले भने।

जनताको अधिकार कटौती गर्ने मनसायले संविधान संसोधनको विषय उठाउनु दुर्भाग्यपूर्ण हुने दाहालले स्पष्ट पारे। प्रतिनिधिसभा र राष्ट्रियसभामा भएको संख्या हेर्दा दुई दलले चाहँदैमा मात्रै संविधान संसोधन नहुने पनि उनले स्पष्ट पारे।

प्रकाशित: २१ श्रावण २०८१ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App