१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ।

केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय अनुसार बन्द कार्यशाला सुरु भएको हो।

कार्यशालामा विचार, सङ्गठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ।

प्रकाशित: १८ श्रावण २०८१ ०९:१६ शुक्रबार

#Manish Jha #rastriya swatantra party #Rabi Lamichhane