३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न: कार्यकर्ता रिझाउन त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम कार्यकर्ता रिझाउन रोकेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले त्रिविको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले रोक्नु कार्यकर्ता रिझाउन रहेको टिप्पणी गरेकी हुन्।

उनले नीति तथा कार्यक्रम विभिन्न तहको समीक्षा पार गरेको र त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको दस्ताबेज रहेको बताएकी छिन्।

श्रेष्ठले त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको भन्दै पनि प्रश्न गरेकी छिन्। उनले लेखेकी छिन्, 'त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ।'

नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ भन्दै पनि उनले प्रश्न गरेकी छिन्। उनले हेरफेर भएको कार्यक्रमको हिसाब राख्ने पनि बताएकी छिन्। 'स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ,' उनले लेखेकी छिन्।

पदेन कुलपति रहेका प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोकेका थिए।

प्रकाशित: १७ श्रावण २०८१ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App