३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको प्रतिबद्धता प्रहरी–प्रशासनको दुरुपयोग हुन्न,हुन दिइन्न

गृहमन्त्री रमेश लेखकले प्रहरी, प्रशासन र सरकारका कुनै पनि अङ्गको दुरुपयोग नहुने र हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

बुधवार  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘म यहाँ के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने प्रहरी संगठनको, प्रशासनको र सरकारका कुनै पनि अंगप्रत्यंगको कुनै पनि दुरुपयोग गरिने छैन, गर्न दिइने छैन,’ गृहमन्त्री लेखकले भने,‘कुनै पनि रूपमा, कसैलाई जोगाउन, कसैलाई नजोगाउन, अथवा कुनै पनि रूपले दुरुपयोग हुन दिइने छैन ।’

गृहमन्त्री लेखकले प्रहरी सरुवाका विषयमा उठेका प्रश्नको जवाफ दिँदै सरुवालाई सरुवाकै रूपमा बुझिदिन आग्रह गरे । उनले भने,‘म यहाँ के आग्रह गर्छु भने कर्मचारीको सरुवा हुन्छ । सरुवालाई सरुवाकै रुपमा बुझिदिनु भो भने राम्रो हुन्छ । र, त्यसका पछाडि राजनीति देखियो र गरियो भने त्यो गन्ध आउँछ ।’ सरुवा गर्दा राम्रो कर्मचारी जाँदा आउने झन् राम्रो पनि हुनसक्ने उनले दाबी गरे । ‘कुनै एक ठाउँबाट एउटा कर्मचारी जाँदै गर्दा राम्रै मान्छे जान्छ र त्यो ठाउँमा अर्को आउँदा त्यो भन्दा राम्रो मान्छे पनि आउन सक्छ,’ गृहमन्त्री लेखकले भने ।

प्रकाशित: १६ श्रावण २०८१ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App