२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीको छैटौँ मुख्यमन्त्री बने चेतनारायण आचार्य

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन्। 

कांग्रेस र एमालेको ५६ जना सांसदको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन आज दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्ति गरेका हुन्।

मुख्यमन्त्री आचार्यले भोली शपथ ग्रहण गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०८१ १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App