४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्तामा बडाल

फाइल तस्बिर

नेपाल सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्।  

सरकार परिवर्तनसँगै नयाँ महान्यायाधिवक्ता नियुक्त गर्ने परिपाटीअनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले बडाललाई नियुक्त गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा १५७ को उपधारा (२)बमोजिम बडाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले नियुक्त गरेका डा दीनमणि पोखरेलले महान्यायाधिवक्ताबाट दिएको राजीनामा मंगलबारमात्र राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।

प्रकाशित: २ श्रावण २०८१ १६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App