११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अभिलेख संरक्षण ऐनबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफल

संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।

राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार बिहान साँढे १० बजे बस्ने गरी बोलाइएको छ । बैठकमा पुस्तकालयको  अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले जानकारी दिए । 

प्रकाशित: २४ असार २०८१ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App