२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ।

अगामी आवको बजेटमाथि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल हुने कार्यसूची रहेको छ। बजेटमाथि छलफल सकिए पछि आजै बजेट पारित गर्ने प्रदेश सरकारको तयार छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनको नेतृत्त्वमा सरकार बनेको ७ दिनमै अगामी आवको बजेट सार्वजनिक गरिएको थियो।

रातो किताबमा गडबड भएपछि बजेटमाथि अहिलेसम्म छलफल पनि सुरु हुन सकेको छैन।

अधिकांश सांसदहरूको योजना रातो किताबमा छुटेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपछि बजेटमाथि छलफलमा ढिलाइ भएको हो।

यस्तै भोलि बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने तयारी गरेका छन्। तर, सङ्घमा गठबन्धनमा उथलपुथल भएपछि विश्वासको मत कुन दलले दिने/नदिने विषय अन्यौलमा छ।

प्रकाशित: २१ असार २०८१ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App