२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेससँगको सत्ता सहकार्यमा ओलीले हेक्का राख्नुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्। उनले ओलीले हेक्का ठिक ढंगले हेक्का राखेमा समस्या नहुने नत्र गडबड हुने जिकिर गरे।

‘कांग्रेस एमालेभन्दा बडो सजिलो पार्टी हो। हामीलाई सम्हालेर लाने जिम्मा अब एमाले अध्यक्ष केपी ओलीको हो,’ नेपाली कांग्रेस इटहरी उपमहानगर कमिटीले बिहीबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो, त्यसैले कांग्रेससँग सहकार्य गर्दा कांग्रेसलाई सम्मान र इज्जत गर्नुपर्छ।’

उनले विगतमा एमालेसहितसँग सहकार्य गर्दा काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले ठिक ढंगले हेक्का राखेकै कारण ठूला उपलब्धि हासिल भएकाले गर्दा अब केपी ओलीको पालो आएको बताए।

‘नेपाली कांग्रेसले आफ्नो ठाउँबाट सहमतिलाई अक्षरस पालना गर्नेछ। कांग्रेसबाट जालझेल र बेइमानी केही हुनेवाला छैन,’ उनले भने, ‘हामीले एमालेबाट पनि त्यही किसिमको अपेक्षा गरेका छौँ।’ उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्र, चकचक, उपद्रो र नाफा घाटा हेर्ने प्रवृत्तिले गर्दा कांग्रेस र एमालेबिच समीकरण हुन पुगेकाले गर्दा अब ओलीले पनि सबै थोक ‘मै हुँ’ भनेर अघि बढेको खण्डमा समस्या आउने बताए।

अहिले पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएर जालझेल गरी रहेको उनले टिप्पणी गरे। ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ नेता थापाले भने, ‘राजीनामा गर्न ढिलाई गर्न हुँदैन, जालझेल गर्न हुँदैन।’ दाहालको व्यवहार र प्रवृत्तिले अहिलेको अवस्था सिर्जना भएको उनले दोहो¥याए।

नेता थापाले सरकार काँग्रेस र एमाले नै मिलेर चलाउने राष्ट्रिय सहमति जरुरी नभएको पनि बताए। ‘सरकार मुख्य दुई दल मिलेर चलाउने हो, संविधान निर्माणमा मात्र सबैको सहमति चाहिन्छ,’ उनले भने, ‘संविधान संशोधन गर्दा माओवादी, मधेसवादीसहित अन्य सबैको साथ लिएर हुन्छ।’

उनले संविधान संशोधन गर्ने विषयमा साझा सहमति साथ अघि बढ्ने दाबी गरे। ‘संविधान संशोधनको मुद्दा अघि बढाउँदा माओवादी र रास्वपाले भ्रम फैलाउन सक्छन्, गलत भ्रमलाई कांग्रेसका कार्यकर्ताले चनाखो भएर चिर्नुपर्छ,’ उनले भने।

थापाले माओवादीले थारु, मुस्लिम, दलित, समानुपातिक प्रणाली खोसिने भयो भनेर र रास्वपाले  भ्रष्टाचारको काण्ड एक से एक खोलिने भएपछि काँग्रेस(एमालेबिच समीकरण भयो भनेर भ्रम फैलाउन सक्ने भएकाले गर्दा त्यसपछि सचेत रहने कार्यकर्तालाई सुल्झाए। ‘अब भ्रष्टाचारको निम्ति शून्य सहनशीलताका साथ सरकारले काम गर्नुपर्छ, त्यसमा काँग्रेसका कोही कसैले गल्ती गरेमा छुट हुनेवाला छैन,’ उनले भने, ‘अब काँग्रेसले सरकारमा मन्त्री पठाउँदा पनि पुराना अनुहार होइन, क्षमतावान् र नयाँ अनुहारलाई पठाउनुपर्छ।’

नेता थापाले गठबन्धन बन्ने र भत्किने प्रक्रिया पनि सामान्य भएको बताए । ‘गठबन्धन बन्ने र भत्किने सामान्य प्रक्रियाको रुपमा लिएर अब कांग्रेसका नेता(कार्यकर्ताले २०८४ को चुनावमा जो जोसुकै सँग मिलोस्, सबै शक्तिलाई परास्त गर्ने तागतका साथ अघि बढ्नुपर्छ,’ उनले भने, ‘अब आउने चुनावबाट कम्तीमा काँग्रेसले १५ वर्ष नेतृत्व गर्छ भन्ने अठोटका साथ अघि बढ्नुपर्छ र त्यही ढंगले काम गर्नुपर्छ।’ उनले अबको चुनावबाट काँग्रेसले ठूलो सफलता प्राप्ति गरेर अविकसित र अल्पविकसितको सूचीभन्दा नेपाललाई माथि पार्ने ंढंगले काम गर्न सक्नुपर्ने बताए।

सो कार्यक्रममा केन्द्रीय सदस्य राजीव कोइराला, राजीव ढुंगाना, कल्पना गच्छदार, लक्ष्मी खतिवडालगायतले सम्बोधन गरेका थिए। 

यो पनि पढ्नुहोस्

‘रोल्पाको लाइन’ मा देशको राजनीति

प्रकाशित: २० असार २०८१ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App