२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुकुल ढकालले भने: मैले बिहे गर्ने कि कुमार नै बस्ने केन्द्रीय समितिले निर्णय गरिदेओस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए। तर उनले बोल्न पाएका छैनन्।

उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्, 'गल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस्।'

प्रकाशित: १९ असार २०८१ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App