२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस र देश सुधार गरौं भन्दा कारबाही भोग्नुपर्‍यो: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देश सुधारको प्रस्ताव राख्दा आफू कारबाहीमा परेको बताएका छन्।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले आफ्नो राजनीतिक जीवनमा पहिलोपटक कारबाहीको भागीदार बन्नुपरेको टिप्पणी गरे।

संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि शर्माले भने, ‘देशमा सुधार गरौं, कांग्रेसमा सुधार गरौं भन्दा कारबाही हुँदो रहेछ। बदलिएको समयअनुसार बदलिएर जाऔं भन्दा कारबाही हुँदो रहेछ।’

उनले आफूहरूले समय सापेक्ष पार्टी सञ्चालन गर्न खोज्दा नेतृत्वले कारबाहीको डण्डा चलाएको गुनासो गरे।

बुधबार नै पार्टी कार्यालय सानेपामा बसेको शेरबहादुर देउवा पक्षीय केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको थियो।

यद्यपि, भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले भने संस्थापन पक्षको उक्त निर्णयको कुनै वैधानिकता नरहेको भन्दै त्यसलाई खारेज गरिएको घोषणा गरेको छ।

प्रकाशित: ३० पुस २०८२ १७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App