१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको महाधिवेशनमा आजदेखि बन्द सत्र, विभिन्न प्रतिवेदन पेश गरिने

नेकपा एकीकृत समाजवादीको दसौं महाधिवेशन आज पनि जारी रहने छ।

कमलादीस्थिति प्रज्ञा भवनमा आइतवारबाट सुरु भएको महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु हुने कार्यक्रम रहेको छ।

त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जनाएको छ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ।

महाधिवेशन असार २० गतेसम्म चल्नेछ।

प्रकाशित: १७ असार २०८१ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App