१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ:झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो कुरा बताएका हुन। उनले सर्वसम्मत नेतृत्वले सिङ्गो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे।

उनले नेताहरूको बिचमा कहीँ पनि ठुलो समस्या नरहेको बताए । उनले कम्युनिस्ट पार्टीका नेताहरूको बिचमा बहस हुनु ठुलो कुरा नभएको पनि बताए । उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए।

नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए । उनले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने धारणा राखे।

प्रकाशित: १५ असार २०८१ १३:३१ शनिबार

#jhalanatha khanal # ex priminister jhalanatha khanal