१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेको दाबीः रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रवार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन्।

उनले सञ्चारकर्मीहरुमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरुले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे। सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जवले मन्त्रालयहरु चलाउने आधारहरु बनेको बताए।

आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि उनले गरे। उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि बताए।  

प्रकाशित: ७ असार २०८१ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App