१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ताका लागि लम्पसार पर्नेहरुले मलाई भारतीय दलाल सम्म भन्न भ्याएः डा. बाबुराम भट्टराई

फाइल तस्बिर

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई  सत्ताका लागि लम्पसार पर्नेहरूले भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको धारणा राखे । 

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । उनले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिस्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताउनु भयो ।

उनले सत्तामा रहेका नयाँ  पार्टीहरुलाई पुराना पार्टीहरुको बहुपासबाट जोगिन पनि आग्रह गरे ।अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्ताव समेत व्यक्त गरे ।दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनको बुझाई थियो। 

प्रकाशित: ३० जेष्ठ २०८१ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App