२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्नुपर्ने सांसद सुवालको माग

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचारका कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताए।

सांसद सुवालले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु उपयुक्त हुने उल्लेख गरे।

उनले पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने बताए।

उनले खुला सिमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको बताए।

उनले महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउन आवश्यक रहेको बताए। उनले आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन माग गरे।

प्रकाशित: ३० जेष्ठ २०८१ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App