१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

सहमतिमा संविधान संशोधन जरुरी: नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको जिकिर गरे। ‘संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ। त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ।’ उनले भने।

अहिले जनमानसमा उठेका प्रश्नहरूको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो।

उनले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राखे। समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: २८ जेष्ठ २०८१ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App