१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा लागेन: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा नलागेको बताएका छन्।  

बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले सन्दीप लामिछानेको भिसा नलागेको बारेमा परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरेका छन्।

महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे। उनले अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताए।

उनले भने, ‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ। समग्र नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट म हाम्रा उत्साही खेलाडीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु। हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रिनुहुन्न हामी कयौँले भन्यौँ। तर सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यस बेलामा सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपथ्र्यो। आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो। यसमा कमजोरी कहाँ रह्यो? यो किन कमजोरी भयो? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यस बारेमा म सभामुख महोदयमार्फत ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २४ जेष्ठ २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App