१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन । उनले बजेटले पुँजी पलायनलाई रोक्न ध्यान पु¥याउन नसकेको बताउनुभयो । उहाँले युवाहरु विदेशिइरहेका तथा मध्यम वर्ग र निम्न वर्ग आयस्रोतमा नजोडिएका कारणपनि पुँजीको परिचालन हुन नसकेको बताए ।

उनले अर्थमन्त्रीले निराशालाई आशामा परिणत गर्नेगरी बजेट ल्याउनुभएको पनि बताए ।सांसद कुँवरले कृषि क्षेत्रमा आधुनिकीकरण र विचौलियाको अन्त्य गर्नुपर्ने बताए । बजेटले विदेश पलायन हुने विद्यार्थीहरुलाई रोक्न नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित: २१ जेष्ठ २०८१ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App