१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा

फाईल तस्बिर

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्। आईतवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ माथि छलफल गर्दै बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका हुन्। उनले बजेटले समाजवादी आधार तयार पार्ने दिशा पक्रेको पनि बताए। 

निजी, सार्वजनिक र सरकारी स्वामित्वको मोडेलबाट मात्र समाजवादको आधार तयार गर्न सकिने भन्दै उहाँले सोही अनुरुपको बजेट रहेको सुनाए। त्यस्तै बजेटले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको पनि उनको भनाई छ।

उनले भने,‘बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको अनुभुति गर्न सकिन्छ। यो बजेटले समाजवादको आधार तयार पार्ने स्प्रिट समातेको छ। कार्यान्वयनको हिसावले कतापटि जान्छ हेर्न बाँकी छ। यसको स्प्रिट समाजवादको आधार तयार पार्ने ढंगले अगाडी बढेको महशुस भएको छ। किनकी समाजवादको आधार भनेको स्वभाविक हिसाबले निजी स्वामित्वलाई मात्रै प्राथमिकता दिएर वा विशुद्ध निरपेक्ष रुपमा राजकीय स्वामित्वलाई मात्र प्राथमिकता दिएर बन्दैन। निजी, सार्वजनिक र सरकारी स्वामित्वबाट पीपीपीको मोडेलबाट गएर आधार तयार पार्न सकिन्छ। समावेशी र समानुपातिक आधारमा दलिय प्रतिष्पर्धा र प्रतिष्पर्धाभित्र पनि कार्यान्वयन गर्नका निम्ति सहमती, सहकार्य र एकताको स्प्रिट समातेको छ राजनीतिक हिसाबले। सांस्कृतिक, सामाजिक हिसाबले यसले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको छ।’

यस्तै,उनले नेपाल बन्दैन भन्ने भाष्य स्थापित गराउन खोज्नेहरुलाई बजेटले झापड दिएर नेपाल बन्छ भन्ने स्थापित गराउन खोजेको बताए। 

प्रकाशित: २० जेष्ठ २०८१ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App