१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्ने छ।

बैठकमा नेपालमा एसिड आक्रमण पिडीतहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ।

बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती (एलडिसी गे्रजुएशन) को लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App