नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।
बैठक बिहान ११ बजे बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक जानकारी दिए।
उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
पछिल्लो समय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद्मा नाराबाजी गर्दै आइरहेको छ।
प्रकाशित: १५ जेष्ठ २०८१ ०७:२३ मंगलबार




