१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँः उपाध्यक्ष सापकोटा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’को २२औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको ‘प्रभातफेरी’ कार्यक्रममा बाेल्दै उनले शान्ति प्रक्रिया जस्तो संवेदनशील विषयमा राजनीति नगरी सहमतिका साथ टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि सिङ्गो पत्रकारिता जगत लाग्नुपर्ने बताए।

मानव अधिकारकर्मी, लेखक तथा जनादेश साप्ताहिकका सम्पादक समेत रहेका इच्छुकको काठमाडौँस्थित प्रहरी हिरासतमा रहेकै बेला विसं २०५९ जेठ १३ गते निधन भएको थियो।

प्रकाशित: १३ जेष्ठ २०८१ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App