३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने बताइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्षले आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् भने आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App