४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताएका छन्।

सोमवार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार बिस्तार गर्ने बताए।  

कार्कीले ५७ मत प्राप्त गरेका थिए। प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उहाँलाई समर्थन गरेका थिए।  नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए।  

प्रकाशित: ३१ वैशाख २०८१ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App