१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री यादवले दिए राजीनामा

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।

'आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु', उनले भने।

उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। योसँगै जसपा नेपाल सरकारबाट औपचारिक बाहिरिएको छ। 

प्रकाशित: ३१ वैशाख २०८१ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App