७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन्।

आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन्।

उनले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब रहेको उल्लेख गरिन्।

उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताइन्।

उनले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको जिकिर गरिन्।

उनले ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको बताइन्।

आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झिने गरेको भन्दै उनले भसनन्, ‘ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको छ। जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झन्छन् र सम्मान गर्दछन्।’

पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्‍याएको दाबी गरिन्।

प्रकाशित: १३ वैशाख २०८१ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App