२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘गृहमन्त्रीको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छिन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन्।

पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसङ्ग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको उल्लेख गरिन्।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेशा भएको बताइन्। पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण समेत गरिन्।

प्रकाशित: ९ वैशाख २०८१ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App