२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगरः सर्वोच्च अदालत

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ।

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसद इन्दिरा गिरीलाई सांसद पदमुक्त गरेको निर्णय गरेको थियो। उक्त जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। त्यसपछि सभामुख भिमबहादुर भण्डारीले सूचना टाँसेर जानकारी दिएका थिए।

यसको विरुद्ध इन्दिरा गिरीले सर्वोच्चमा हालेको रिटको सुनवाइ गर्दै पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

प्रकाशित: २ वैशाख २०८१ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App