२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सहकारीका कारण नेपालको अर्थतन्त्र सुस्तायो: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्र सुस्ताएको बताएका छन्।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताएका हुन्।

‘नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषय मात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो’, उनले भने।

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गरे। उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गरेका छन्। 

‘जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन’, नेता पौडेलले भने।

नेविसङ्घका पूर्व अध्यक्ष समेत रहेका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेन्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे।

प्रकाशित: २८ चैत्र २०८० २०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App