१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिए।

पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे। स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो बरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए। आफूले सकुञ्जेल काम गर्ने र अध्यक्ष छाडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे।

पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उनले यो आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए।  –रासस

प्रकाशित: २३ चैत्र २०८० १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App