१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाले विपक्षमा मतदान गर्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री दोधारमा

अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री चौधरी संसदमा स्पष्ट अल्पमतमा पर्ने निश्चित बनेको छ।

जसपाका लुम्बिनी प्रदेशमा ३ सांसद छन्। राप्रपाले मत दिएको अवस्थामा पनि मुख्यमन्त्री चौधरीलाई जसपाको साथ अपरिहार्य थियो। जसपासहित सबै साना दलले साथ दिएको अवस्थामा मुख्यमन्त्रीको पक्षमा ४४ अर्थात् बहुमत पुग्ने सम्भावना देखिएको थियो। तर, जसपाले गठबन्धनको पक्षमा रहने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि चौधरीले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको छ।

‘कांग्रेसलाई समर्थन गरेर जान सक्ने परिस्थिति बनेन, फलतः हामीहरु गठबन्धनको पक्षमा उभिने भन्ने केन्द्रीय निर्देशन आए अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णयमा पुगेका छौँ,’ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने ‘हामीहरु गठबन्धन मोर्चामा रहने विषयमा अहिले छलफलमा छौँ।’

मुख्यमन्त्री चौधरीले संसदको विश्वासको मत लिने तयारी स्वरुप आज बेलुका संसद बैठक आह्वान भएको थियो। उक्त बैठकमा अब विश्वासको मत माग्ने वा संसदलाई सम्बोधन गरेर राजीनामा दिने भन्ने दोधार मनसायमा मुख्यमन्त्री चौधरी देखिएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार संसदलाई सम्बोधन गर्ने र सोही सम्बोधनबाटै आफूले राजीनामा दिएको घोषणा गर्ने सम्भावना रहेको छ।

प्रकाशित: २२ चैत्र २०८० १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App