३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि सुनाए। ‘पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने उनको भनाइ थियो।

‘नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र हो। खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको छ। नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छु।’ उनले भने।

प्रकाशित: २१ चैत्र २०८० २०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App