२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिवी राई जहाँ भए पनि समात्छु: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘जिवी राई जहाँ भए पनि समातिन्छन्। सहकारीपीडितको बचत ब्याजसहित फिर्ता हुन्छ।’

उनले सहकारीका ठगीका विषयमा आफू प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै प्रश्रन समेत गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे।

उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे। उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी दिए। 

कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उनले सदनमा जवाफ दिन पाए राम्रो हुने बताए।

थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम(२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पारे।

भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, ‘कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन्। तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ।’

प्रकाशित: १० चैत्र २०८० २२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App