२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योजना आयोगमा ४ सदस्य नियुक्त

फाइल तस्बिर

सरकारले राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त गरेको छ।

बिहीबार बिहानको मन्त्रिपरिषद्को बैठकले रिक्त चार पदमा सदस्यहरु नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको जानकारी दिएको हुन। 

नयाँ गठबन्धनको सरकार बनेपछि पहिलेका चार सदस्यहरूले पदबाट राजीनामा दिएपछि नयाँ सदस्यहरु नियुक्त गरिएको हो। यसअघि डा. प्रभु बुढाथोकी, डा. अनिता शाह, डा. आरपी बिच्छा र डा. जयकान्त राउत सदस्य थिए। 

मन्त्रिपरिषद् बैठकले नेपालका ३ र कोरियाका ७ जना गरी १० आरोहीको सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने दस्तुर मिनाहा गर्ने निर्णय पनि ग¥यो। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० औँ वर्ष पुगेको अवसरमा यी आरोहीले हिमाल आरोहण गर्न लागेका हुन। 

प्रकाशित: ८ चैत्र २०८० १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App