९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथ महादेवको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्।

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका-१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन्। उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए।

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए।

बाबा जलेश्वरनाथको पूजापछि राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका-५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। -रासस

प्रकाशित: ३ चैत्र २०८० ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App