१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाइने

सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ।

शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताएका हुन्।

उनले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए। उनले कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए। उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए।  

उनले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए। उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्ने बताए।

साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए। कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन्।  

प्रकाशित: २ चैत्र २०८० १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App