१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री निवासमा सर्दै उपेन्द्र यादव

मन्त्री निवास पुल्चोकमा आवास नपाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ललिपुरस्थित भैंसेपाटीमा मुख्यमन्त्रीका लागि बनाइएको सम्पर्क कार्यालयमा सर्ने भएका छन्। उपेन्द्रका लागि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव आफ्ना लागि तयार गरिएको क्वाटर छाड्न तयार भएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री बस्दै आएको क्वाटरमा अबदेखि उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव बस्ने टुंगो लागेको सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका निमित्त प्रमुख सुमन सालिकेले बताए।

‘पहिला नै बुक भएका कारण पुल्चोकस्थित मन्त्री निवासमा ठाउँ नपाउनु भएपछि उपप्रधाममन्त्रीज्यूका लागि मधेस प्रदेशका मुख्यमन्त्रीज्यूले आफ्नो निवास खाली गरिदिनु भएको छ,’ सालिकेले भने, ‘आजभोलि नै उपप्रधानमन्त्रीज्यू भंैसेपाटीमा सर्ने टुंगो लागिसकेको छ।’

भैंसेपाटीमा सर्ने टुंगो लागेपछि व्यवस्थापन कार्यालयका कर्मचारीहरूले उपेन्द्र यादव सर्ने क्वाटरमा रङरोगन, सरसफाइ गरेका छन्। ती कर्मचारीहरूले उपप्रधानमन्त्री र उनको परिवारका सदस्यहरूका लागि निवासमा चाहिने सबै सामान लगिसकेका छन्। पर्दादेखि, सिरक, डसनासमेत नयाँ राखिएको सचिवलायका एक कर्मचारीले बताए। मन्त्री फेरिएमा मन्त्री क्वाटरमा एकजना नयाँ मन्त्रीका लागि सामान जुटाउन कम्तीमा ६ लाख खर्च हुने गर्छ।

व्यवस्थापन कार्यालय स्रोतका अनुसार गत बिहीबार यादवका परिवारका एकजना सदस्यले मन्त्री निवासभित्र रहेको एउटा ब्लक बुक गर्न सचिवालयका कर्मचारीसँग सोधपुछ गरेका थिए। तर ‘सबै ब्लक बुक भइसकेका छन् भनेर कर्मचारी जवाफ फर्काएको सचिवालय स्रोतले बतायो। उपेन्द्रका लागि मुख्यमन्त्रीले निवास खाली गरिदिएका हुन्, मुख्यमन्त्री यादव भने काठमाडाैंमा रहेको आफ्नै घरमा बस्ने भएका छन्।

प्रकाशित: १ चैत्र २०८० ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App